बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, साढे १ करोडभन्दा बढीको क्षति
काठमाडौं। बाँकेको जानकी गाउँपालिका-५, बकसपुरस्थित अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बिहीबार बिहान करिब १ः३० बजे उद्योगभित्र रहेको फर्नेस आयल (फलाम पगाल्ने इन्जिनमा प्रयोग हुने तेल) को ट्यांकीमा विद्युत् सर्ट भई अचानक आगलागी भएको हो। आगलागी भएको उक्त ट्यांकी २ लाख लिटर क्षमताको रहेको प्रहरीले जनाएको छ।
आगलागीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरी टोली, स्थानीयवासी र दमकलको संयुक्त प्रयासमा बिहान करिब २ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
समयमै आगो नियन्त्रणमा लिइएका कारण उद्योगमा थप क्षति हुन पाएन भने घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुमानअनुसार १ करोड ५६ लाख बराबरको भौतिक क्षति देखिए पनि घटनाको वास्तविक कारण र क्षतिको पूर्ण विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment