पर्सामा एक महिनामा ४० सवारी दुर्घटना
बीरगञ्ज। असोज महिनामा दुर्घटना परि दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार एक महिनामा ४० वटा सवारी दुर्घटना भएका छन्।
जसमा परी २ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि भएको कारबाहीबाट १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको विवरण अनुसार दुर्घटनामा संलग्न सवारी साधनको संख्या ६१ रहेको उल्लेख छ। दुर्घटनाका कारण विश्लेषण गर्दा चालकको लापरबाहीका कारण १५ वटा दुर्घटना भएको र अन्य कारणबाट २५ वटा दुर्घटना भएको देखाइएको छ। यसरी कुल ४० दुर्घटनामध्ये चालकको कारणले भएका दुर्घटनाको संख्या उल्लेख्य रहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सवारी दुर्घटनामा २ जनाको मृत्यु र ३९ जना घाइते भएको बताए । उनले भने,दुर्घटनाको कारण न्यूनीकरण गर्न र चालकलाई जिम्मेवार बनाउने अभियान थालिएको छ। ट्राफिक नियमको पालना गराउने र सडक सुरक्षासम्बन्धी सचेतना बढाउने अझ आवश्यकता रहेको प्हरी नायब उपरिक्षक मल्लको। भनाय थियो।
त्यसैगरी,जिल्ला प्रहरी कार्यालय पर्साबाट सार्वजनिक गरिएको विवरणअनुसार असोज महिनाको अवधिमा अवैध हातहतियार तर्फ ५ थान हातहतियार तथा ६ थान गोलीगठ्ठा बरामद गरेको सार्वजनिक गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले तस्करी नियन्त्रण तर्फ चलाएको अभियानबाट मूल्य ५७ हजार ४४० रुपैयाँ बराबरको समान बरामद गरिएको उल्लेख छ। भन्सार छलीका क्रममा बरामद गरिएका ठुला मात्रामा राजश्वछलीका सामान बरामद गरिए पनि मानिस पक्राउ शून्य रहेको छ।
समग्रमा, पर्सामा सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा अवैध हातहतियार नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ। सडक सुरक्षामा चालक, सवारीधनी र यात्रु सबै जिम्मेवार बन्नु आवश्यक छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment