उपत्यकामा २४ घण्टाभित्र ११५ सवारीचालक ट्राफिक कारबाहीमा

डिसी नेपाल
५ कार्तिक २०८३ १२:५५
4
Shares

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ११५ जना सवारीचालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको २४ घण्टाको विवरणअनुसार बिहान ६ बजेसम्मको अवधिमा नियम विपरीत सवारी साधन चलाउने चालकहरूलाई कारबाही गरिएको हो।

कारबाहीमा पर्नेमध्ये मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना रहेका छन्। त्यसैगरी, सडकमा जडान गरिएका सीसीटीभी क्यामेराको सहयोगमा पहिचान भएका ५ जना र रातो बत्तीको इसारा उल्लङ्घन गर्ने ४ जना चालकलाई पनि कारबाहीको दायरामा ल्याइएको छ। अन्य विभिन्न ट्राफिक कसुरमा थप २७ जना सवारीचालक कारबाहीमा परेको प्रहरीले जनाएको छ।

उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले कडा निगरानी बढाएको छ। प्रहरीले विशेष गरी लेन अनुशासन उल्लङ्घन, तीव्र गति, हर्न निषेधित क्षेत्रमा अकारण हर्न बजाउने तथा एकतर्फी (वन-वे) सडकमा नियम मिच्ने चालकहरू लक्षित कारबाही अभियानलाई तीव्र रूपमा अघि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *