काठमाडौं उपत्यकामा २४ घण्टामा ४७० सवारी चालक कारबाहीमा

डिसी नेपाल
८ कार्तिक २०८३ ७:१०
12
Shares

काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गर्ने ४७० जना सवारी चालकलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ।

आइतबार बिहानसम्म सञ्चालित विशेष जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने ९९ जना चालक पक्राउ परेका हुन्।

यसैगरी, सिसिटिभीमार्फत निगरानी गरी ४० जना र रातोबत्तीको नियम उल्लंघन गर्ने ३७ जना चालकलाई कारबाही गरिएको छ।

कारबाहीमा पर्ने अन्यमा तीव्र गतिमा सवारी हाँक्ने ११५ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ९ जना, लेन क्रस गर्ने २ जना र एकतर्फ (वान-वे) सडक नियम उल्लंघन गर्ने ७ जना रहेका छन्। बाँकी १६१ जना चालकलाई विभिन्न अन्य ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *