तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

डिसी नेपाल
८ कार्तिक २०८३ ७:२६
8
Shares

काठमाडौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औं रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन्।

बैंककस्थित माहीडोल विश्वविद्यालयको हातामा रहेको स्पोर्ट्स हलमा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधा र क्योरुगी विधा दुबैमा दोस्रो हुँदै रजत पदक जितेकी हुन्। उक्त प्रतियोगितामा थाइल्यान्ड, फिलिपिन्स, म्यानमार, भियतनाम, चीन, भारत, हङकङ, लाओस, कम्बोडिया, टर्की, ब्राजिल, अमेरिका, रसिया, इन्डोनेसिया, सिङ्गापुर, काजकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो।

वैभवी असोज दोस्रो सातादेखि बैंककमा रहेर तेक्वान्दोको प्रशिक्षण लिइरहेकी छिन्। वैभवीलाई बैंककस्थित अल स्टार तेक्वान्दो एकेडमीले अनुबन्ध गरेसँगै उनले यसै एकेडेमीबाट उक्त प्रतियोगितामा सहभागीता जनाएकी हुन्।

वैभवीलाई हालैमात्र तेक्वान्दो एसोसिएसन अफ थाइल्यान्डले सदस्यता समेत प्रदान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *