एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह ‘बी’मा
काठमाडौं। एसिया कप राइजिङ स्टार्स पुरुष क्रिकेट प्रतियोगिता २०२६ आगामी नोभेम्बर १९ देखि कतारमा आयोजना हुने भएको छ।
५० ओभरको प्रारूपमा सञ्चालन हुने प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी हुनेछन्। प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन्। समूह ‘ए’ मा श्रीलंका ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ चीन रहेका छन्।
नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’सँग खेल्नेछ। उक्त खेल दोहास्थित वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ।
नेपालले दोस्रो खेल नोभेम्बर २२ मा यूएईसँग खेल्नेछ। दोहा विज्ञान तथा प्रविधि विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त खेलपछि नेपालले नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तान ‘ए’सँगको खेल पनि सोही मैदानमा हुनेछ।
नेपालले समूह चरणमा भारत ‘ए’, यूएई र पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २६ र दोस्रो सेमिफाइनल नोभेम्बर २७ मा हुनेछ। फाइनल खेल नोभेम्बर २९ मा आयोजना हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment