न्यूयोर्क रेड बुल्ससँग इन्टर मियामी पराजित

डिसी नेपाल
८ कार्तिक २०८३ ७:३१
4
Shares

काठमाडौं। अमेरिकाको व्यावसायिक फुटबल प्रतियोगिता मेजर लिग सकरमा न्यूयोर्क रेड बुल्सले लियोनल मेसीको टोली इन्टर मियामीलाई २–० गोलले पराजित गरेको छ।

आइतबार बिहान सम्पन्न खेलमा न्युयोर्कले घरेलु मैदानमा जित निकाल्दै प्लेअफ दौडमा महत्त्वपूर्ण तीन अङ्क जोडेको हो।

न्युयोर्कको ह्यारिसनस्थित स्पोर्ट्स इलस्ट्रेटेड रङ्गशालामा भएको खेलमा इन्टर मियामीका कार्लोस कासेमिरोले सातौँ मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि न्यूयोर्कले अग्रता लिएको थियो। दोस्रो हाफको अतिरिक्त समयमा एमिल फोर्सबर्गले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए।

अर्जेन्टिनाका कप्तान मेसी खेलको ५६औँ मिनेटमा मैदान प्रवेश गरेका थिए। उनी सुरुआती टोलीमा थिएनन्। मेसी मैदानमा आए पनि इन्टर मियामीले गोल फर्काउन सकेन। न्यूयोर्कका गोलरक्षक इथान होर्भाथले दुई प्रहार बचाएका थिए भने इन्टर मियामीका गोलरक्षक डेयन सेन्ट क्लेयरले पाँच बचाउ गरेका थिए।

यस जितसँगै न्युयोर्कले लगातार दुई हारको शृङ्खला तोडेको छ। टोलीले प्लेअफमा स्थान सुरक्षित गर्ने दौडमा महत्त्वपूर्ण जित निकालेको हो। यो जितपछि न्यूयोर्कको ३१ खेलमा ३९ अंक भएको छ र एमएलएसको इस्टर्न कफेरेन्समा नवौं स्थानमा छ। त्यस्तै इन्टर मियामीको भने ३१ खेलमा ५५ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *