टोटनह्यामसँग चेल्सी स्तब्ध
काठमाडौं। इङलिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले चेल्सीलाई पराजित गरेको छ।
शनिबार राति चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा टोटनह्यामले २–० गोलको जित हासिल गरेको हो।
टोटनह्यामको जितमा माथिस टेलले एक गोल गरेका थिए भने चेल्सीका गोलरक्षक माइक पेन्डर्सले आत्मघाती गोल गरेका थिए।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७७औँ मिनेटमा पेन्डर्सले टोटनह्यामको कर्नर प्रहार रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि पाहुना टोलीले अग्रता लिएको थियो।
त्यसको तीन मिनेटपछि चेल्सीका कोल पाल्मर दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो। खेलको ८७औँ मिनेटमा माथिस टेलले उत्कृष्ट गोल गर्दै टोटनह्यामको जित सुनिश्चित गरेका थिए।
यस जितसँगै टोटनह्यामले प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। टोटनह्यामले यसअघि चेल्सीको घरेलु मैदानमा सन् २०१८ मा जित हासिल गरेको थियो।
यस जितपछि टोटनह्याम ८ खेलबाट ९ अङ्कसहित १२औँ स्थानमा उक्लिएको छ भने चेल्सी समान खेलबाट १३ अङ्कसहित चौथो स्थानमा रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment