अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

डिसी नेपाल
१० कार्तिक २०८३ २१:५६
12
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गरेका छन्।

मोरङको उर्लाबारीस्थित प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले स्मारिका लोकार्पण गरेका हुन्।

लोकार्पण गरिएको ३६८ पृष्ठे स्मारिकामा नेपालको शैक्षिक विकास, समस्या र समाधान, प्राविधिक तथा व्यावसायिक शिक्षा, आदि सामग्री समावेश छन्। साथै प्रतिष्ठानका गतिविधि तथा स्मरणीय विषयवस्तु समेटिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *