दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

डिसी नेपाल
१० कार्तिक २०८३ २२:२४
4
Shares

काठमाडौं। दसैँ बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ। दसैँ बिदाका कारण यस बीचमा विभिन्न संघसंस्थाका रक्तादनका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौँडा, रक्त सञ्चार केन्द्रका प्रमुख टंक दाहालले जानकारी दिए।

रगत अभाव भएसँगै केन्द्रका तर्फबाट संघ संस्थासँग रक्तदानका लागि आह्वानसमेत गरिएको छ। संस्थाको आह्वानसँगै आज चुरियामाईमा गरिएको रक्तदानमा २१ युनिट रगत संकलन भएको उनले जानकारी दिए। रगत अभावलाई दृष्टिगत गर्दै हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले रेडक्रस हेटौँडा शाखासँगको समन्वयमा यही कात्तिक १२ गते बिहीबार बिहान ७ बजे हेटौँडा मेनरोडस्थित बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए।

रगत अभावको समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँले रक्तदानका लागि सबैमा अनुरोध गरे। रक्त सञ्चार केन्द्र प्रमुख दाहालका अनुसार हेटौँडामा दैनिक १० देखि १५ युनिट रगत आवश्यक हुने गरेको छ। हेटौँडामा ५५ जना नियमित डाइलोसिस गर्नुपर्ने बिरामी रहेका कारण उक्त युनिट रगत अपरिहार्य हुने गरेको उनले बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *