एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढायो आफ्नो लोकप्रियता
काठमाडौं। नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरिफायर उपभोक्तामाझ अत्यधिक लोकप्रिय बन्न सफल भएको छ।
उत्साहजनक बिक्रीसहित यसले बजारमा बलियो गति हासिल गरेको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र विशेष मर्मतसम्भार सुविधाको संयोजनले एलजी वाटर प्युरिफायरलाई प्रतिस्पर्धी बजारमा एक छुट्टै पहिचान दिलाएको छ।
एलजी वाटर प्युरिफायरमा गेदभइन्ट फिल्टरेशन, एन्टी-स्केलेन्ट ट्रिटमेन्ट, कार्बन फिल्टरेशन, रिभर्स अस्मोनिसिस तथा मिनरल बूस्टर सहितको बहु-स्तरीय शुद्धीकरण प्रणाली रहेको छ। यसले पानीमा रहेका विभिन्न प्रकारका अशुद्धताहरूलाई प्रभावकारी रूपमा हटाउन सहयोग गर्दछ।
यसको ८ लिटर क्षमताको ट्यांकीले परिवारको दैनिक आवश्यकताका लागि शुद्ध पानी भण्डारण गर्न पर्याप्त सुविधा प्रदान गर्दछ। साथै, एयरटायट ट्याङ्की कभर र लकिङ प्रणालीले बाहिरी धुलो तथा दूषित पदार्थहरू ट्यांकीभित्र प्रवेश गर्नबाट रोक्न मद्दत गर्दछ।
एलजी वाटर प्युरिफायरको अर्को प्रमुख विशेषता निःशुल्क मर्मतसम्भार सुविधा हो। यसअन्तर्गत पहिलो वर्षमा दुई पटक निःशुल्क नियोजित तथा स्वचालन सेवा भ्रमण, दुई पटक कन्ट्याक्टलेस मर्मतसम्भारसहित डिजिटल स्टेरिलाइजेसन केयर तथा दुई पटक बाहिरी गेदभइन्ट फिल्टरहरू उपलब्ध गराइन्छ। गुणस्तरीय उत्पादनसँगै खरिदपछिको सेवामा प्रदान गरिएको यो सुविधाले ग्राहकहरूलाई थप सहजता र विश्वास प्रदान गरेको छ।
यी विशेषताहरूसँगै यस चाडपर्वको उपलक्ष्यमा उपलब्ध आकर्षक अफरहरू र शून्य प्रतिशत ब्याजदरमा इएमआई किस्ताबन्दी सुविधाले एलजी वाटर प्युरिफायरलाई ग्राहकका लागि अझ बढी आकर्षक बनाएको छ। उन्नत प्रविधि, स्वच्छ पानी भण्डारण, परिवारमैत्री क्षमता र अतिरिक्त मर्मतसम्भार सुविधाको उत्कृष्ट संयोजनले यसको प्रारम्भिक बजार सफलतामा महत्वपूर्ण योगदान पुर्याएको छ।
सिजी इलेक्ट्रोनिक्सबारे
सिजी इलेक्ट्रोनिक्स, सिजी कर्प ग्लोबल अन्तर्गतको एक प्रमुख कन्ज्युमर इलेक्ट्रोनिक्स कम्पनी तथा नेपालमा एलजी उत्पादनहरूको आधिकारिक राष्ट्रिय वितरक हो। एलजी इलेक्ट्रोनिक्स सिंगापुरसँगको चार दशकभन्दा लामो साझेदारीमार्फत सिजी इलेक्ट्रोनिक्सले नेपालमा एलजीलाई एक विश्वसनीय प्रिमियम कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
एलजी इलेक्ट्रोनिक्स इंकबारे
एलजी इलेक्ट्रोनिक्स इंक विश्वव्यापी प्रविधि तथा कन्ज्युमर इलेक्ट्रोनिक्स क्षेत्रमा एक अग्रणी कम्पनी हो। गृह उपकरण, गृह मनोरञ्जन तथा एयर सोलुसन्स क्षेत्रमा कार्यरत एलजीले नवीन प्रविधि, ऊर्जा दक्षता तथा मानवकेन्द्रित डिजाइनमार्फत उपभोक्ताको दैनिक जीवनलाई अझ सहज र उत्कृष्ट बनाउने समाधानहरू प्रदान गर्दै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment