साेमपालकाे नाममा एनपीएलकाे पाँचौ अर्धशतक
काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान साेमपाल कामी बनेका छन्।
उनले आज विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरे। जसमा २ छ्क्का र ४ चाैका सामेल रहेका छन्। यसअघि आजै कर्णालीकैविरूद्ध विराटनगरका किङ्सका लाेकेश बमले ३२ बलमा अर्धशतक हिर्काएका थिए। जारी एनपीएलमा लाेकेश अर्धशतक हिर्काउने चाैथाे खेलाडी बने
प्रतियोगिताकाे तेस्रो अर्धशतक जनकपुर बाेल्ट्सका माेइन अलीकाे नाममा छ। अलीले काठमाडौं गाेर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए।
यसअघि एनपीएलकाे दाेस्राे अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीकाे नाममा छ। ऐरीले पाेखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरेका थिए। जारी एनपीएलकाे पहिलो अर्धशतक भने चितवन राइनोजका डेभिड मलानको नाममा छ। मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment