कञ्चनपुरमा कृषि जेटिए पढेकी मेघाको फूलखेती: चार कट्ठामा दुई हजार चार सय बोट सयपत्री

डिसी नेपाल
१३ कार्तिक २०८३ ७:२२
8
Shares

कञ्चनपुर। कृषि  (जेटिए) अध्ययनपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ की मेघा रावल आफ्नै ठाउँमा उद्यमशील बनेकी छन्। फूलखेतीमा राम्रो सम्भावना र बजार देखेर उनी व्यावसायिक रूपमा पुष्प व्यवसायमा लागेकी हुन्।

मेघाले आफ्नै चार कट्ठा जमिनमा दुई हजार चार सय बोट सयपत्री फूल रोपेर खेती सुरु गरेकी छन्। तीनवर्षे कृषि जेटिए अध्ययन पूरा गरेपछि अरूको जागिर खानुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले यो व्यवसाय रोजेको उनले बताइन्।

तिहारलगायत विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रम र विवाह समारोहहरूमा फूलको माग उच्च रहने भएकाले यस व्यवसायबाट राम्रो आम्दानी हुने उनको अपेक्षा छ। बाहिरबाट फूल आयात गर्नुको साटो स्थानीयस्तरमै उत्पादन गरेर आत्मनिर्भर बन्न सकिने उनको भनाइ छ। परम्परागत खाद्यान्न खेतीको तुलनामा फूलखेतीबाट दोब्बर आम्दानी लिन सकिने अनुभव उनी सुनाउँछिन्।

सैद्धान्तिक रूपमा पढेको सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बनेकी मेघाले यस वर्षको बजार र मागको अवस्था हेरेर आगामी वर्षमा फूलखेतीको क्षेत्रफल अझ विस्तार गर्ने योजना बनाएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *