चक्रवात ‘अर्नब’ले बदलियो काठमाडौंको मौसम: झरीसँगै बढेको चिसोका केही दृश्य (फोटोफिचर)
काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौँ उपत्यकामा बिहानैदेखि निरन्तर झरी परिरहेको हो। वर्षासँगै उपत्यकाको तापक्रम घट्न गई मौसम थप चिसिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस चक्रवात र वायुमण्डलीय प्रणालीका कारण काठमाडौँ उपत्यकाका साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार शनिबार अपराह्नदेखि भने चक्रवात ‘अर्नब’को प्रभाव बिस्तारै कमजोर हुँदै जाने र मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको छ। यद्यपि, वर्षा र चिसोका कारण सर्वसाधारणको दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र यात्रा गर्दा विशेष ध्यान दिन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
(तस्बिर : सक्षम घिमिरे / नेपाल न्यूज बैंक)














No ads found for this position



डिसी नेपाल
Facebook Comment