लामिछानेलाई गोकुल बाँस्कोटाको प्रश्न: ‘गोलगोल भद्रगोल नै हुने भो त रविजी?’

डिसी नेपाल
१३ कार्तिक २०८३ १३:००
388
Shares

काठमाडौं। पूर्वमन्त्री एवं नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले सरकारका पछिल्ला कामकारबाही र कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता बाँस्कोटाले सरकारका आर्थिक तथा कूटनीतिक निर्णय, शान्ति सुरक्षाको अवस्था, न्यायपालिकाको स्थिति र आम नागरिकले भोग्नुपरेको महँगीलाई लिएर सरकारको कडा आलोचना गरेका हुन्। उनले देशमा प्रकृतिको अनवरत कहर जारी रहँदा समेत सरकार संवेदनशील हुन नसकेको आरोप लगाएका छन्।

नेता बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रकृतिको अनवरत कहर र शक्ति केन्द्र खुसी पार्न अर्थमन्त्रीको अनर्थपूर्ण बयान, राजदूत सिफारिस हाँडीगाउँको जात्रा, प्रहरी त्रासमा, न्यायालय अन्योलमा, जनता महँगीको मारमा, आखिर गोलगोल भद्रगोल नै हुने भो त रविजी?’

उनले शक्ति केन्द्रहरूलाई खुसी पार्न अर्थमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको र सरकारको राजदूत सिफारिस प्रक्रिया ‘हाँडीगाउँको जात्रा’ जस्तै बनेको टिप्पणी गरेका छन्।

साथै, प्रहरी प्रशासन त्रासमा रहेको, न्यायालय अन्योलग्रस्त बनेको र आम जनता भने दैनिक उपभोग्य वस्तुको अनियन्त्रित महँगीको मारमा पिल्सिरहेको भन्दै नेता बाँस्कोटाले सरकारको फितलो कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *