सरकारको प्रथम त्रैमासिक प्रगति विवरण सार्वजनिक

१६ मन्त्रिपरिषद् बैठकबाट ४२१ निर्णय, सुशासन र सेवा प्रवाहलाई प्राथमिकता

डिसी नेपाल
१६ कार्तिक २०८३ २०:१५
80
Shares

काठमाडौं । सरकारले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकता दिँदै निर्धारित लक्ष्यअनुसार तीव्र रुपमा काम अघि बढाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक प्रगति विवरणअनुसार यस अवधिमा मन्त्रिपरिषद्का १६ बैठकबाट ४२१ निर्णय भएका छन्।

यसैगरी, सरकारको शासकीय सुधारका १०० कार्यसूची कार्यान्वयनका लागि मन्त्रालय तथा निकायसँग समन्वय, नियमित प्रगति समीक्षा र निर्देशनको काम भइरहेको छ।

तीन महिनामा नेपाल सरकारका सचिवहरुको चार वटा बैठकबाट भएका निर्णय कार्यान्वयनमा पठाई निरन्तर अनुगमन भइरहेको छ।

सेवा प्रवाहमा अनियमितता र ढिलासुस्ती हटाउन जिल्ला प्रशासन कार्यालयमा पारदर्शी निर्णय प्रक्रिया, सेवा सरलीकरण र सहायता कक्ष सञ्चालनका लागि निर्देशन दिनुका साथै विभिन्न महत्त्वपूर्ण निर्णय भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *