नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदी भने घट्यो

डिसी नेपाल
१७ कार्तिक २०८३ ११:०७
176
Shares

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको भाउमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो। मूल्य बढेसँगै मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार तोलामा २ हजार ३०० रुपैयाँ बढेर सुनको मूल्य २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको थियो। त्यस्तै, आइतबार भने सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको थियो।

सुनको मूल्य बढ्दा चाँदीको भाउ भने मंगलबार ओरालो लागेको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ पुगेको थियो भने आइतबार तोलामा १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *