राजस्थानको झुंझुनूंमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु
काठमाडौं । राजस्थानको झुंझुनूं जिल्लामा सोमबार सडक निर्माणको काम भइरहेको बेला भएको एक भीषण दुर्घटनामा आठजना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार, उदयपुरवाटीको छापोली गाउँमा सडक निर्माणस्थलमाथिबाट गुज्रिएको हाइटेन्सन विद्युत् लाइनको सम्पर्कमा आएर यो दुर्घटना भएको हो।
उदयपुरवाटी थानाका इन्चार्ज रामपालका अनुसार, सडक निर्माण कार्यका लागि गिट्टी (रोडा) मिसाउन प्रयोग गरिएको एउटा मेसिन माथिबाट गएको हाइटेन्सन बिजुलीको तारको सम्पर्कमा आएको थियो।
त्यसपछि उक्त मेसिनमा करेन्ट फैलिएको र त्यहाँ काम गरिरहेका मजदुरहरू त्यसको चपेटामा परेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment