तिहार नजिकिएसँगै भक्तपुरका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ (भिडियोसहित)

डिसी नेपाल
१७ कार्तिक २०८३ १२:२५

भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ भएको छ । तिहारमा विशेषगरी भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई मखमली फूलको माला लगाइदिने परम्परा रहेकाले यसको माग बढ्ने गरेको छ ।

तिहारलाई लक्षित गर्दै किसानले लगाएका मखमली फूल अहिले खेतबारीमा ढकमक्क फुलेका छन् । फूल टिप्ने, माला गाँस्ने र बजारसम्म पुर्‍याउने तयारीमा किसान व्यस्त देखिएका छन् ।

भक्तपुरका विभिन्न स्थानमा किसानले व्यावसायिक रूपमा मखमली फूल खेती गर्दै आएका छन् । तिहारका बेला मखमली फूलको राम्रो माग हुने भएकाले यसबाट किसानले आम्दानीसमेत गर्दै आएका छन् ।

मखमली फूल लामो समयसम्म नओइलाउने भएकाले भाइटीकामा यसको विशेष महत्त्व छ । यही कारण तिहारमा मखमली फूलको माला नेपाली संस्कृतिको अभिन्न हिस्सा बनेको छ ।

तिहार नजिकिँदै गर्दा भक्तपुरका फूलबारीमा देखिएको चहलपहलले किसानको व्यस्तता मात्र होइन, नेपाली मौलिक संस्कृति र परम्पराको सुन्दर झल्कोसमेत दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *