रुसको चेतावनी: “इरानविरुद्ध नयाँ सैन्य आक्रमणको तयारीका सङ्केतहरू अत्यधिक चिन्ताजनक”

डिसी नेपाल
१७ कार्तिक २०८३ १२:३६
44
Shares

काठमाडौं । रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले इरानविरुद्ध थप सैन्य कारबाहीको योजना बनाइएको सङ्केतहरू देखिएको बताउँदै यसलाई अत्यधिक चिन्ताजनक कदम भनेकी छिन्।

बीबीसी पर्सियनका अनुसार मारिया जाखारोभाले भनिन्, ‘पछिल्ला महिनाहरूको तीतो अनुभवले यो देखाएको छ कि सैन्य दुस्साहसका कारण इरानमा ठूलो जनधनको क्षति र भारी विनाश भएको छ। तर, यी सैन्य आक्रमणहरूले इरानी जनताको आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रता रक्षा गर्ने दृढ सङ्कल्पलाई कमजोर पार्न सक्दैनन्। आज नयाँ आक्रमणका धम्की दिइरहेका पक्षहरूले यो विषयमा गम्भीरताका साथ फेरि विचार गर्नुपर्छ।’

रुसले यसअघि पनि इरानमाथि अमेरिका र इजरायलले गरेका हमलाहरूलाई अन्तर्राष्ट्रिय कानुनको उलङ्घन भन्दै खण्डन गर्दै आएको छ।

पछिल्ला केही दिनयता इरान र अमेरिकानिचको तनाव कम गर्न मध्यस्थकर्ताहरूको पहल तीव्र पारिएको छ। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट धम्कीपूर्ण अभिव्यक्तिहरू आउने क्रम रोकिएको छैन। यसैबीच, अमेरिकामा आज हुन गइरहेको मध्यावधि चुनावमाथि पनि विश्वभरका चासो र नजर टिकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *