कांग्रेस देउवा समूहको १५औं महाधिवेशन : २४ जिल्लामा नेतृत्व चयन सम्पन्न, को-को बने सभापति ?

डिसी नेपाल
१८ कार्तिक २०८३ १२:४२

काठमाडौं। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत देशका २४ वटा जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएको छ। पार्टीको तल्लो तहदेखि नै संगठन सुदृढीकरण र नेतृत्व चयनको प्रक्रिया तीव्र बन्दै जाँदा २४ जिल्लामा नयाँ जिल्ला सभापति चयन गरिएकाे साे पार्टीले जनाएकाे छ।

अधिवेशन सम्पन्न भएका जिल्लाहरू र निर्वाचित सभापतिहरूमा सङ्खुवासभामा रामकुमार जिमी, भोजपुरमा धर्मराज राई र हुम्लामा सूर्यबहादुर शाही जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

त्यसैगरी जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, रुकुम पश्चिममा नन्दबहादुर विष्ट र कालिकोटमा नगेन्द्र विष्टले जिल्ला नेतृत्वको जिम्मेवारी पाएका छन्।

सुदूरपश्चिम र कर्णालीका अन्य जिल्लाहरूमध्ये डोटीमा बाजीसिंह खड्का, बैतडीमा वीरबहादुर विष्ट, दैलेखमा दिनेशकुमार हमाल, दार्चुलामा सुरेन्द्र अवस्थी र सल्यानमा दीपक चन्द सभापति चयन भएका छन्।

त्यस्तै मधेश, बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा धनुषाबाट कोमलकान्त झा, चितवनबाट मिलनबाबु श्रेष्ठ, प्युठानबाट देवेन्द्र बर्मा र कपिलवस्तुबाट राजेश सिंह निर्वाचित भएका छन्।

गण्डकी प्रदेशका पर्वतमा यमबहादुर (रामकृष्ण) मल्ल, म्याग्दीमा हिराबहादुर पुन र कास्कीमा ऋषिलाल काफ्लेले जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका छन्।

यसै गरी रोल्पामा मानबहादुर खत्री, बारामा राजेश राय यादव, झापामा कृष्ण हुमागाईं, सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत र बझाङमा हर्कजंगबहादुर सिंह नेपाली कांग्रेसको जिल्ला सभापति पदमा निर्वाचित भएका छन्।

२४ जिल्लाको अधिवेशन सम्पन्न भएसँगै कांग्रेसको शेरबहादुर देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत चुनावी माहोल अझ थप तातेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *