सिंहदरबार वैद्यखानाको आधुनिकीकरणका लागि दुई मन्त्रालयबीच सहकार्य हुने

डिसी नेपाल
१८ कार्तिक २०८३ १७:४९

काठमाडौं।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र आधुनिकीकरणका लागि महत्वपूर्ण छलफल भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच भएको यो भेटवार्तामा वैद्यखानाबाट उत्पादित औषधिको गुणस्तर सुधार, अनुसन्धान प्रयोगशालाको विकास तथा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप उत्पादन प्रणालीको स्तरोन्नति गर्ने विषयमा छलफल भएको हो।

भेटका क्रममा उत्पादित नेपाली औषधिको अन्तर्राष्ट्रिय बजारमा निर्यातको सम्भावना खोजी गर्दै वैद्यखानाको उत्पादन प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन दुवै मन्त्रालयबीच शीघ्र समझदारीपत्रमा हस्ताक्षर गरी सहकार्य अघि बढाउने विषयमा समेत सहमति भएको छ।

उक्त उच्चस्तरीय छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दीनानाथ मिश्रको पनि सहभागिता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *