गुगलले पाँच देशका कर्मचारीलाई दियो स्वेच्छिक अवकाशको प्रस्ताव
गुगलले पाँच देशका कर्मचारीलाई दियो स्वेच्छिक अवकाशको प्रस्तावकाठमाडौं। प्रविधि कम्पनी गुगलले खर्च कटौती र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउने रणनीतिअन्तर्गत पाँच देशका कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्न आर्थिक सुविधा दिने कार्यक्रम ल्याएको छ।
गुगलले क्यानडा, फ्रान्स, जर्मनी, जापान र स्विट्जरल्यान्डका केही कर्मचारीलाई स्वेच्छिक बहिर्गमन प्याकेज प्रस्ताव गरेको हो। कम्पनीले यसअघि अमेरिका र बेलायतका केही विभागमा पनि यस्तो कार्यक्रम सञ्चालन गरिएको थियो।
कम्पनीले कृत्रिम बुद्धिमत्ता र क्लाउड कम्प्युटिङमा बढी ध्यान केन्द्रित गर्दै स्रोतसाधनलाई प्राथमिकताका क्षेत्रमा स्थानान्तरण गर्न खोजेको र यही क्रममा कर्मचारी व्यवस्थापन र खर्च कटौतीको योजना अघि बढाइएको बताएको छ।
सेप्टेम्बर २०२६ को अन्त्यसम्म गुगलमा करिब २ लाख ४ हजार कर्मचारी पुगेका थिए। पछिल्लो ६ महिनामा कम्पनीले करिब १० हजार कर्मचारी थपेको थियो। साइबर सुरक्षा कम्पनी विजको अधिग्रहणपछि थपिएका करिब २ हजार कर्मचारी पनि यसमा समावेश छन्।
स्विट्जरल्यान्डको ज्युरिखस्थित गुगल कार्यालयका कर्मचारीलाई दिइएको प्रस्तावअनुसार स्वेच्छिक अवकाश लिनेले सेवाको प्रत्येक वर्षबापत एक महिनाको तलब पाउनेछन्। यस्तो सुविधा अधिकतम १२ महिनाको तलबसम्म हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment