आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम

डिसी नेपाल
१८ कार्तिक २०८३ १९:५६

काठमाडौं। जलन उपचार सेवालाई विस्तार र गुणस्तरीय बनाउन आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत तालिम प्रदान गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा सञ्चालन गरेको ३० कार्यदिनको तालिम सम्पन्न भएको हो। तालिममा नारायणी अस्पताल, वीरगञ्ज र प्रदेश अस्पताल, सुर्खेतका चार/चार जना सहभागी थिए।

कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिम समापन गरिएको हो। तालिमबाट जलन उपचारसम्बन्धी दक्ष जनशक्ति उत्पादन हुनुका साथै सम्बन्धित अस्पतालमा जलन उपचार कक्ष स्थापना र सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *