एनपीएल: शीर्ष स्थानको लुम्बिनी र काठमाडौं भिड्दै
काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एकमात्र खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेपछि सुरु हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन्।
आजको खेलमा लुम्बिनी रोहित पौडेलको कप्तानत्वमा तथा काठमाडौँ करण केसीको नेतृत्वमा मैदानमा उत्रनेछ।
चार खेलबाट ७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै प्लेअफको सम्भावना थप बलियो बनाउने दाउमा छ। अर्कोतर्फ, ३ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा रहेको काठमाडौँ पनि जित हात पार्दै तालिकाको दोस्रो स्थानमा उक्लने लक्ष्यमा रहनेछ।
यस प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment