टाइगर श्राफकी गर्लफ्रेन्डमा ऋतिक रोशनले नजर लगाएपछि
एजेन्सी । टाइगर श्राफकी गर्लफ्रेन्ड दिशा पाटनीलाई अर्का अभिनेता ऋतिक रोशनले फ्लट गरेको समाचारले प्रेम नगरी बलिउडमा खुब चर्चा पाएको छ।
सुजैन खानसँगको १७ वर्ष लामो बैबाहिक जीवन तोडेका ऋतिक र दिशाले यसराज ब्यानरमा सँगै एउटा फिल्ममा काम गर्ने तयारी भएपछि ऋतिकले दिशालाई डेटिंगका लागि अफर गरेको बताइएको छ । यो घटनापछि दिशाले सो फिल्मसमेत छाडेकी छन्। उनी ऋतिकको सो कर्तुले निकै दुखी भएको बताइएको छ।
ऋतिक ४४ वर्षक भए भने उनका २ छोरा पनि छन्। उता दिशा भने २६ वर्षकी भइन र उनी जैकी श्राफका छोरा टाइगर श्राफसँग रिलेनशनसिपमा छिन्। दिशाले टाइगरसँगै बागी २ मा काम गरेकी थिइन् भने सलमानसँग भारतमा काम गर्दैछिन्।
उनी तेलगु फिल्ममा पनि कम गरिरहेकी छन्। पढाईमा निकै तेज दिशा वैज्ञानिक बन्न चाहन्थिन् तर उनी बलिउडको रंगिन दुनियामा प्रवेश गरिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment