नेपाल आइडललाई टक्कर दिने रियालिटि शो ‘द भ्वाईस अफ नेपाल’ आज

डिसी नेपाल
९ भदौ २०७५ १५:०२

काठमाडौं । विश्वको नम्बर एक गायन रियालिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ आजबाट प्रसारण सुरु हुँदै छ। आजराति ९ बजे पहिलो एपिसोड सुरु हुदै छ।

आजबाट कान्तिपुर टेलिभिजन मार्फत प्रशारणमा हुने उक्त रियालिटी शोलाई नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन्। प्रलाद सिंह ठकुरी एमडी रहेको योरिलायाली शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन्। साताको शनिबार र आइतबार राति ९ बजे बाट कान्तिपुर टेलिभिजन मार्फत उक्त्त शोको प्रशारण गरिने छ ।

सुशील नेपालले होस्ट गर्ने उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहने छन् ।’द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिनेछ। विजेताले पच्चीस लाख नगद, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको समझौता तथा वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *