एक्स.सी.एम.जी.को नयाँ २२ टनको एक्साभेटर नेपाली बजारमा

डिसी नेपाल
५ कार्तिक २०७६ १३:१०

काठमाडौं । एक्स.सी.एम.जी विश्वकै छैटौं ठूलो निर्माण उपकरण बानाउने कम्पनी हो भने चीनको नं. १ कम्पनी हो । यसले ह्वील लोडर, एक्साभेटर, ग्रेडर, रोलर, क्रेन, पाइलिङ मेशिन, बोरिङ मेशिन जस्ता थुप्रै निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ।

नेपालका लागि एक्स.सी.एम.जी.को एक मात्रै आधिकारिक बिक्रेताको रुपमा आई.डी.एम.सी रहेको छ।

यसको मुख्य कार्यालय ललितपुरको भनिमण्डलमा रहेको छ भने नेपाल अधिराज्यभरी ६ वटा शाखा कार्यालय समेत स्थापना गरिसकेको छ । कम्पनीले यही अक्टोबर १८ मा सोल्टी होटलमा एक्स.इ. २१५ सी एक्साभेटर लन्च ग¥यो ।

एक्काइस हजार नौ सय अपरेटिङ वेट रहेको यो एक्साभेटरमा इसुजुको आयातित इन्जिन जडान गरिएको छ । यो इन्जिन १७२ हर्सपावर क्षमताको रहेको छ ।

साथै, एक्स.इ. २१५ सी एक्साभेटरमा मेकानिकल पप्प, कावासाकी हाइड्रोलिक सिस्टम, ५.६८ मिटरको बुम तथा २.९१ मिटरको आर्म रहेको छ। यो एस्काभेटर बढि शक्तिशाली र कम इन्धन खपत गर्ने कम्पनीको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *