दैनिक राशिफल: आजको दिन तपाईंका लागि कस्तो रहनेछ?

डिसी नेपाल
९ असार २०८३ ६:२६

काठमाडौं। नेपाली ज्योतिषशास्त्र र चन्द्रमाको गोचरका आधारमा तयार पारिएको आजको दैनिक राशिफल निम्नानुसार रहेको छ।

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन तपाईंको लागि सामान्य रहनेछ। बोल्नु अगाडि राम्रोसँग सोच्नुपर्ने देखिन्छ, किनकि सानो कुराले पनि अप्ठेरो परिस्थिति सिर्जना गर्ने जोखिम छ। लगानीका क्षेत्रमा केही अवरोध आउन सक्छ। इज्जत जोगाउनका लागि सम्पत्ति खर्च गर्नुपर्ने स्थिति आउन सक्छ। पूर्व दिशाको लामो यात्रा नगर्नु नै राम्रो हुनेछ। यद्यपि, राज्यको तर्फबाट भने साथ र सहयोग मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आम्दानीका दृष्टिकोणले आजको दिन निकै राम्रो छ। आफ्ना कामहरू सफलतापूर्वक सम्पन्न हुनाले मन शान्त रहनेछ। परिवारमा अनावश्यक विवादबाट बच्न थोरै बोल्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मनमा अझ बढी खुशी मिल्ने योग छ। शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)

आजको दिन शुभ र रमाइलो रहनेछ। दिन रमाइलो भए पनि काम गर्दा सचेत बन्नु उचित हुन्छ। आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन प्रसन्न रहनेछ। स्वास्थ्यमा राम्रो सुधार हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। विदेशी रमझमले मन आकर्षित गर्न सक्छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

आजको दिन तपाईंको लागि सामान्य रहनेछ। सम्पत्तिको सदुपयोग गर्नतर्फ ध्यान दिनुहोला। बिहान उठेर पिपलको दर्शन गरी दिनको सुरुवात गरेमा दिन शुभ बन्नेछ। राजनीतिक संगठनमा आबद्ध हुनुहुन्छ भने साथीभाइको राम्रो साथ मिल्नेछ। स्वास्थ्यमा केही समस्या देखिए पनि परिवारले राम्रो हेरचाह र साथ दिनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

आजको दिन उत्तम छ र भाग्यले साथ दिनेछ। शिक्षा क्षेत्रमा नयाँ लगानी गर्ने हिम्मत गर्नुभएमा फलदायी हुनेछ। आफ्नो बोली र व्यवहारमा एकरुपता ल्याउन सकेमा दैनिकी अझ सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। आज सोचेका कामहरू बन्ने राम्रो योग परेको छ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

आजको दिन राम्रो रहनेछ। परिवारको सकारात्मक व्यवहारले मन शान्त र खुसी बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट राम्रो फाइदा हुने देखिन्छ, तर सफलताका लागि थप मेहनतको भने खाँचो छ। परिवारका सदस्यहरूसँग घुमघाम गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध अझ सुमधुर बन्ने योग छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

आजको दिन सामान्य रहनेछ। आज लामो दूरीको यात्रा नगर्नु नै हितकर हुनेछ। साथीभाइबाटै धोका वा मानसिक आघात पुग्न सक्ने भएकाले आफ्नो हितमा सोच्ने सच्चा साथी पहिचान गर्नुपर्ने समय छ। स्वास्थ्यमा क्रमिक सुधार हुने योग छ। साँझपख परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

आज जुनसुकै काम गर्दा पनि सोचेर मात्र गर्नु उचित हुन्छ। साथीभाइबाट सकारात्मक सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा राम्रो सुधार हुने दिन छ। प्राविधिक शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। व्यापार व्यवसायमा भने आज नयाँ लगानी नगर्नु वा अगाडि नबढ्नु राम्रो हुन्छ। आज केही सुखद् खबर सुन्न पाइनेछ।

धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)

आजको दिन तपाईंको लागि निकै राम्रो छ। आज तपाईंको बोलीमा सरस्वतीको बास रहनेछ, त्यसैले आफ्नो बोलीलाई परोपकार र सकारात्मक काममा प्रयोग गर्नुहोला। स्वास्थ्य अवस्था सुदृढ रहनेछ। कतै घुमफिरको नयाँ योजना बन्न सक्छ। शिक्षाको क्षेत्रमा पनि राम्रो सुधार आउनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)

आजको दिन शुभ रहनेछ। बौद्धिक तथा प्रतिष्ठित व्यक्तिहरूसँगको भेटघाटले मन प्रशन्न र शान्त बन्नेछ। शिक्षा क्षेत्रमा भने अझ बढी मेहनतको खाँचो देखिन्छ। प्रगति भए पनि केही ढिला गरी मात्र हुने भएकाले धैर्यता राख्नुहोला। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)

आजको दिन सामान्य छ। हरेक क्षेत्रमा अलि जोगिएर र सतर्क भएर काम गर्नु उचित हुन्छ। साथीभाइले तपाईंको पक्षमा काम गर्नेछन्। स्वास्थ्यमा सानोतिनो समस्या देखिए पनि त्यसलाई कमजोर नठान्नुहोला, अन्यथा रोगले सताउने जोखिम रहन्छ। भगवान शिवको भजन वा आराधना गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

आज सोचेर मात्र बोल्नुपर्ने समय छ, बोलीका कारण विवाद हुन सक्छ। सञ्चित धन खर्च हुने योग छ। आफन्तले कुरा काट्दा मनमा केही दुविधा वा दुःख हुन सक्छ। पूर्व दिशाको लामो यात्रा नगर्नु राम्रो हुनेछ। बिहान पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा मन शान्त हुनेछ। संकटको समयमा परिवारको पूर्ण साथ र सहयोग प्राप्त हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *