रेमिट्यान्सबाट हुने आम्दानीको केही हिस्सा श्रमिक कोषलाई दिन राष्ट्र बैंक सकारात्मक
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले श्रमिक कोषमा सहयोग गर्न राष्ट्र बैंकलाई आग्रह गरेको छ। आफूले सञ्चालनमा ल्याएको श्रमिक कल्याणकारी काेष दिगाे र बलीयाे बनाउन एनआरएनएले राष्ट्र बैंककाे साथ मागेकाे हाे।
एनआरएनए अध्यक्ष कुमार पन्तको नेतृत्वमा नेपाल राष्ट्र बैकका डेपुटी गर्भनर शिवराज श्रेष्ठसँग भएको छलफलमा राष्ट्र बैंक एनआरएनको अभियानलाई साथ दिन सकारात्मक देखिएको अध्यक्ष पन्तले बताएका छन्।
पन्तका अनुसार विदेशबाट पठाइएको विप्रेषणवापत सम्बन्धित बैंकले प्रति १ डलर बराबर ३० पैसा शुल्क नेपाल राष्ट्र बैंकलाई दिनुपर्ने नियम छ । त्यो ३० पैसामध्ये ३ पैसा वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोषमा जम्मा गर्न एनआरएनएले आग्रह गरेको हो । आग्रहप्रति राष्ट्र बैंकले पनि सकारात्मक प्रतिक्रिया दिएको छ।
यसले मूर्तरुप पाएमा एकै वर्षमा कोषमा २४ करोड रुपैयाँ जम्मा हुने पन्तले बताए । यसले वैदेशिक रोजगारीका सिलसिलामा अप्ठेरोमा पर्ने नेपालीहरूको उद्धार र राहत व्यवस्थापन सहज हुने अध्यक्ष पन्तको भनाइ छ ।
यस विषयमा एनआरएनएले विभिन्न राजनीतिक दलका नेतामार्फत लविङसमेत गरेको थियो । सबैले यसलाइ सकरात्मक भनेपछि एनआरएनएले राष्ट्र बैंकसँग छलफल चलाएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment