डायलसिस गरिएपछि प्रधानमन्त्री ओलीले प्रचण्डसँग भने ‘म ठिक छु’

डिसी नेपाल
१४ कार्तिक २०७६ १६:००

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार गरिएको डायलसिस पनि सफल भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा बिहीबार दोस्रो पटक गरिएको मिर्गौंलाको डायलसिस पनि सफलतापूर्वक सम्पन्न भएको हो । योसँगै चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई केरबेरमै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको पनि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिएका छन्।

प्रधानमन्त्रीलाई डायलसिस गरेपछि अस्पतालमै पुगेर भेट गरेका दाहालले संचारकर्मीमाझ भर्खरै डायलसिस गरिएको र एकैछिन रेष्ट गरेर प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न लागिएको बताए। उनले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेको र अवस्था सामान्य रहेको पनि बताए। ‘भर्खरै डायलसिस भएपछि एकैछिन रेष्ट गरेर उहाँ डिष्चार्ज हुँदै हुुनुहुन्छ, आज बालुवाटार जानुहुन्छ,’ अध्यक्ष दाहालको भनाई थियो, ‘प्रधानमन्त्रीले आफूलाई अहिले ठिक भयो भन्नु भयो ।’ प्रधानमन्त्री ओलीले दाहालसँग आफ्नो स्वास्थ्यमा छिटो–छिटो समस्या देखा परेको पनि बताएका थिए।

अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीको फेरी डायलसिस गर्नुपर्ने, नपर्ने भन्ने कुरा भने भोली, पर्सीको अवस्थालाई हेरेर मात्रै भन्न सकिने कुरा पनि चिकित्सकहरुले बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.