तराईमा मनाइने छठ काठमाडौं उक्लियो, गौरीघाटमा स्वागतको तयारी (फोटोफिचर)
काठमाडौं। राजधानी काठमाडौंमा छठपर्वको चहलपहल बढेको छ। छठपर्वलाई विशेष बनाउन पूजा गर्ने स्थानमा घाट निर्माण गर्न भक्तालुहरु व्यस्त छन्।
काठमाडौंमा विगत केही वर्षदेखि बागमती किनार गौरीघाटमा भक्तालुहरुले आकर्षक घाट निर्माण गरेर पूजापाठ गर्ने गर्दछन्। सूर्यको आराधना गरी मनाइने यो पर्वले मानव जीवन र प्रकृतिसँग पनि सम्बन्ध राख्दछ।

पहिलो दिन व्रतालुहरुले नहायखाय गरी छठ पूजाको विधि शुरु गर्छन्। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा तथा अघ्र्य चढाउने र चौथो दिन पनि उदाउँदो सूर्यको पूजासँगै अघ्र्य चढाएर समापन गरिने यो पर्वमा नदी, तलाउ तथा पानीको मुहानमा गएर पूजा गर्नुको पनि खास अर्थ रहने गर्दछ।

छठ पूजाका लागि भक्तालुहरुले चाहिने सामग्री घ्यू, चिनी, नारिवल, उखु, पिठो, बाँसबाट बनेका कनिया, ढकिया खरीद गर्न व्यस्त देखिएका छन्।

आज साँझमा भक्तालुहरुले खीर खाएर एकै पटक आइतबार उदाउँदो सूर्यको पूजा गरेर मात्र खाने परम्परा छ। विगतमा मधेशी समुदायले मात्र मान्ने छठ अहिले सबैले मनाउने गरेका छन्। छठ पर्वको स्वरुप गौरीघाटमा धमाधम तयारी भइरहेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment