महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको बस दुर्घटना, एकको मृत्यु ३६ घाईते
काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ।
डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१ नम्बरकोे बस आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाजुरा बूढीगङ्गा नगरपालिका–६ बाह्रबिसका ५१ वर्षीय नयाँ सेराला रहेका छन् भने ३६ जना घाइते भएका छन्।
घाइते सबैको अहिले शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिएका छन् ।
आज बिहान ५ बजे दुर्घटना भएको बस सडकबाट करीब ५० मिटर तल खसेको बताइएको छ। रासस
प्रतिक्रिया
Facebook Comment