दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि यस्तो बन्दैछ दशरथ रंगशाला
काठमाडौं। नेपालमा आगामी मंसिरमा दुई अन्तर्राष्ट्रिय खेलहरु आयोजना हुँदैछ। मंसिर १५ देखि २४ गतेसम्म १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजना हुँदैछ।
साग अघि नेपालले विश्वकप छनोट अन्तर्गत कुवेतसँग मंसिर ३ गते दशरथ रंगशालामा पहिलो घरेलु खेल खेल्दैछ ।

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपका लागि एसियाको दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपाल छनोटको समूह बी मा रहेको छ ।
सोही खेलका लागि यतिबेला दशरथ रंगशालाको पुनः निर्माणलाई तीव्र पारिएको छ। रंगशालाको प्याराफिटहरुमा धमाधम सिटहरु हाल्ने काम भइरहेको छ। मुख्य प्याराफिटको भने अझै निर्माण कार्य सकिएको छैन। भित्तामा रंग हालिएको छ भने मैदानलाई व्यवस्थित बनाउन घास काट्ने कार्य भइरहेको छ।










No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment