दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि यस्तो बन्दैछ दशरथ रंगशाला

डिसी नेपाल
१६ कार्तिक २०७६ १३:१३

काठमाडौं। नेपालमा आगामी मंसिरमा दुई अन्तर्राष्ट्रिय खेलहरु आयोजना हुँदैछ। मंसिर १५ देखि २४ गतेसम्म १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजना हुँदैछ।

साग अघि नेपालले विश्वकप छनोट अन्तर्गत कुवेतसँग मंसिर ३ गते दशरथ रंगशालामा पहिलो घरेलु खेल खेल्दैछ ।

 

 

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपका लागि एसियाको दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपाल छनोटको समूह बी मा रहेको छ ।

सोही खेलका लागि यतिबेला दशरथ रंगशालाको पुनः निर्माणलाई तीव्र पारिएको छ। रंगशालाको प्याराफिटहरुमा धमाधम सिटहरु हाल्ने काम भइरहेको छ। मुख्य प्याराफिटको भने अझै निर्माण कार्य सकिएको छैन। भित्तामा रंग हालिएको छ भने मैदानलाई व्यवस्थित बनाउन घास काट्ने कार्य भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *