काठमाडौंमा छठ पर्वको रौनक, हेर्नुहोस् १७ तस्वीर

डिसी नेपाल
१६ कार्तिक २०७६ २१:१२
4
Shares

काठमाडौं। सद्भाव, प्रेम तथा आस्थाको पर्व छठको मुख्य दिन षष्ठीमा आज साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन्।

हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने छठपर्वका अवसरमा आज राजधानीसहित तराईका सम्पूर्ण जिल्लाको अधिकांश पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरुले अस्ताउँदो सूर्यको आराधना गरी अघ्र्य दिएका हुन्।

यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेका छन्। सूर्यलाई जल, दूध, केरा, उखु, नरिवल, अदुवा, ठेकुवा, भुसुवा आदि सामग्रीसहितको प्रसाद (अघ्र्य) चढाइएको हो।

 

 

चार दिवसीय छठपर्वमा शुद्धता र पवित्रतालाई विशेष ध्यानमा राखिन्छ। छठ पर्व गर्दा परिवारको सुख, समृद्धि, सुस्वस्थ्य, सन्तान प्राप्ति, रोगमुक्ति तथा अन्य मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। शिव र शक्तिको संयुक्त पूजा हुने छठपर्वमा सबै मनोकामना पूरा हुने क्षमता भए पनि खासगरी पुत्रलाभ र असाध्य रोगहरुबाट छुटकारा पाउने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ। छठपर्व पौराणिककालदेखि नै चलिआएको धार्मिक परम्परा हो।

षष्ठी तिथिमा माता दुर्गाले दर्शन दिई मनोकामना पूरा गरेको हुनाले षष्ठी माता भनिएको हो। संस्कृत शब्द ‘षष्ठी’ लाई तराईमा स्थानीय लवजअनुसार छठी, छठ र छैठ भन्ने गरिएको हो । यो पर्वमा ऊर्जाको स्रोत मानिने सूर्यको सन्ध्या र बिहानी रूपको पूजा गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *