युनाइटेडलाई बर्नेमाउथको झड्का

डिसी नेपाल
१७ कार्तिक २०७६ ६:५५

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

शनिबार भएको खेलमा युनाइटेड एफसी बर्नेमाउथसँग उसैको मैदानमा १–० गोल अन्तरले पराजित भएको हो । बर्नेमाउथलाई जित दिलाउन जोसुवा किङले निर्णायक गोल गरे । उनले खेलको ४५ औं मिनेटमा गोल गरेका थिए ।

बर्नेमाउथको मैदानमा बाल पोजिसनमा पकड जमाएपनि युनाइटेडले गोल गर्न सकेनन् । जितसँगै बर्नेमाउथले ११ खेलबाट १६ अंक जोडेको छ । बर्नेमाउथ छैटौं स्थानमा उक्लिएको छ । १३ अंक जोडेको युनाइटेड आठौं स्थानमा छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *