दोस्रो टी–२०मा इंग्ल्याण्ड पराजित
एजेन्सी । न्यूजिल्याण्डको भ्रमणमा रहेको इंग्ल्याण्ड दोस्रो टी–२० खेलमा पराजित भएको छ। वेलिंग्टनमा भएको खेलमा पाहुना टोली घरेलु टोलीसँग २१ रनले पराजित भएको छ।
१७७ रनको लक्ष्या पछ्याएको इंग्ल्याण्डले १९.५ ओभरमा सबै विकेट गुमाएर मात्र १५५ रन बनायो। इंग्ल्याण्डका डेविड मलानले सर्वाधिक ३९ रन बनाए। यस्तै क्रिश जोर्डनले ३६ रन तथा इयोन मोर्गनले ३२ रन बनाए। न्यूजिल्याण्डको जितमा मिचेल शेन्टनरले ३ विकेट लिए। यस्तै इश सोढी, लोकि फर्ग्यूसन तथा टिम साउदीले समान २–२ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो। घरेलु टिमका लागि जिमी निशामले सर्वाधिक ४२ रन बनाए। यस्तै मार्टिन गप्टिलले ४१ रन बनाउँदा कोलिन डि ग्राण्डहोम र रस टेलरले २८–२८ रन बनाए। इंग्ल्याण्डका क्रिश जोर्डनले ३ विकेट लिए भने साम करनले २ विकेट लिए।
५ खेलको टी–२० सिरिजमा दुवै टोलीले एक एक जित निकालेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment