जुडोको वैदेशिक प्रशिक्षण जापान र मंगोलियामा

डिसी नेपाल
१७ कार्तिक २०७६ २०:१२

काठमाडौं। नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि जुडो टोली जापान र मंगोलिया जाने भएको छ ।

जापान जाने टोली ४ खेलाडीसहित ७ सदस्यीय रहेको छ । खेलाडीमा सोनिया भट्ट, मनीता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठ र सन्जित डंगोल छन् ।

व्यवस्थापकमा विपिनप्रसाद श्रेष्ठ तथा प्रशिक्षकमा देवु थापा र पृथ्वी आलोक रहेका छन् । टोली सोमबार प्रस्थान गर्दैछ ।

सोह्र खेलाडीसहित १९ सदस्यीय अर्को जुडो टोली मंगलबार मंगोलिया जाँदै छ । खेलाडीमा उमेश मगर, सुनील नगरकोटी, मनीष महतो, पवनकुमार श्रेष्ठ, श्रीराम मकाजु, रमेशबहादुर चन्द, शिवबहादुर बराम, राजन जोशी, सुमित्रा राई, देविका खड्का, निर्मला घर्ती मगर, विनिता मगर, निशा चौधरी, पुनम श्रेष्ठ, आकृति जोशी र दीपा गुरुङ रहेका छन् ।

टिम व्यवस्थापकमा धर्मरत्न पछाईं तथा प्रशिक्षकमा वीरेन्द्र रन्जित र दलबहादुर गुरुङ छन् ।

जापान जाने टोली नोभेम्बर २७ तारिख तथा मंगोलिया जाने टोली नोभेम्बर २९ तारिखमा स्वदेश फर्किने कार्यक्रम छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *