कञ्चनपुरमा उपनिर्वाचनको तयारी तीव्र

डिसी नेपाल
१८ कार्तिक २०७६ ६:१६

भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी तीव्र पारिएको छ। पुनर्वास नगरपालिका–३ को वडाध्यक्षका लागि उपनिर्वाचन हुने छ।

जिल्ला निर्वाचन कार्यालय भीमदत्तनगरका प्रमुख उदयराज जोशीका अनुसार उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश गोपाल बाँस्तोलालाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ।

“अब केही दिनभित्रै निर्वाचन अधिकृतको कार्यालय स्थापना गछौँ”, उनले भने ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि निर्वाचन गतिविधि अघि बढ्ने उनको भनाइ छ । निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दल उम्मेदवार टुङ्गो लगाउन सक्रिय छन् ।

निर्वाचनमा नेपाली काङ्ग्रेसले वडाध्यक्ष पदमा डिबी तामाङको नाम सर्वसम्मत केन्द्रीय समिति समक्ष सिफारिस गरेको छ। नेकपालगायत दल उम्मेदवार छनोटमा जुटेका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *