रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरुङ निर्वाचित

डिसी नेपाल
२२ साउन २०८३ २०:३४

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापतिमा माया गुरुङ निर्वाचित भएकी छन्। शुक्रबार सम्पन्न निर्वाचनमा १ सय ४९ मत प्राप्त गर्दै गुरुङ पुनः जिल्ला सभापतिमा चयन भएकी हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ६१, कुमार श्रेष्ठले २०, पासाङ तामाङले १२ र दिलराम श्रेष्ठले २ मत प्राप्त गरेका छन्। यसअघि पनि जिल्ला सभापति रहिसकेकी गुरुङ २०७९ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवारसमेत थिइन्। उनी प्रथम समावेशी महिला आरोहण टोलीबाट सगरमाथा सफल आरोहण गरेकी आरोही पनि हुन्।

त्यस्तै, निर्वाचनबाट उपसभापतिमा सरोजा श्रेष्ठ १ सय २३ मत ल्याएर विजयी भएकी छिन्। उनका प्रतिस्पर्धीहरू निमा याङ्छेन लामाले ६५ र मुके शेर्पाले ४७ मत ल्याए। सहसचिवमा विदुर खड्काले १ सय ३५ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी दोर्जे तामाङले ९७ मत पाएका छन्। सचिव पदमा भने राजीव हमालको एक्लै उम्मेदवारी परेकाले उनी सर्वसम्मत भएका छन्।

त्यसैगरी, सदस्यहरूमा गोकर्ण विक्रम सिलवाल (१३३ मत), पास तेम्बा शेर्पा (१३७ मत), नन्दलाल श्रेष्ठ (१२१ मत), नमराज भट्टराई (११३ मत) र पुदीप सिलवाल (११८ मत) विजयी भएका छन्। सदस्य पदका लागि कुल ८ जनाको उम्मेदवारी परेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *