नवनियुक्त सातै प्रदेशका प्रमुखहरुले लिए शपथ
Photo: PMO
काठमाडौं। नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुले शपथ ग्रहण गरेका छन्।
शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान करीब ९ बजे सातै प्रदेशका प्रमुखलाई शपथ ग्रहण गराएकी हुन्।
मन्त्रिपरिषदले सोमबार प्रदेश प्रमुख नियुक्तका लागि ७ जनाको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको थियो।
मन्त्रिपरिषदले सिफारिस गर्नुअघि नेकपा सचिवालयको बैठकले सातैजनाको नाम सिफारिस गरेको थियो। पार्टीको सिफारिसअनुसार मन्त्रिपरिषदले पनि सिफारिस गरेको हो।
मन्त्रिपरिषदको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवा सरकारका पालमा नियक्त भएका सबै सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment