भारतीय नक्शाको विरोधमा चावहिलमा नेविसंघको प्रदर्शन (फोटोफिचर)

डिसी नेपाल
२२ कार्तिक २०७६ १०:३५

काठमाडौं। भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपालको भूमि समेटिएको विरोधमा नेपाल विद्यार्थी संघ नेविसंघले शुक्रबार प्रदर्शन गरेको छ।

भारतिय विस्तारवाद मुर्दावादको नारा तथा कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर्न माग गर्दै नेविसंघले राजधानीको चावहिस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो।

उनीहरुले सिमा अतिक्रमण बन्द गर, भारतले सिमा मिच्ने के.पी सरकार टुलुटुलु हेर्ने, लिपुलेक हाम्रो हो जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

प्रदर्शनमा उनीहरुले गो ब्याक इण्डिया लगायतका नारा समेत लगाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *