टि–२० मा एमसीसीले नेपाललाई १९० रनको लक्ष्य दियो

डिसी नेपाल
२३ कार्तिक २०७६ १२:४७

काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले अहिले नेपालको मिक्स टिमविरुद्ध टी–ट्वान्टी क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर बलिङ गरेको नेपालले १९० रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनायो। एमसीसीका लागि बिल्ली गोडलम्यानले ५४ रनको अर्धशतकीय पारी खेले। यस्तै एड योङले ४२ रन तथा माइल्स हेमण्डले २९ बनाए।

नेपालका लागि राशिद खानले ३ विकेट लिए। नेपाल रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको छ ।

नेपालको सुरुवाती ११ – रोहित कुमार पौडेल, जितेन्द्र मुखिया, आसिफ शेख, कुशल भुर्तेल, अविनाश बोहरा, राशिद खान, कमल सिंह ऐरी, भीम सार्की, नन्दन यादव, सन्दीप जोरा, सुशन भारी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *