रियलको शानदार जित, बार्सिलोनासँग बराबरी

डिसी नेपाल
२४ कार्तिक २०७६ ६:३८

एजेन्सी । रियल मड्रिडले स्पेनिस लिगमा ईबरलाई हराएको छ । शनिबार राति भएको खेलमा रियलले ईबरलाई ४–० ले हराएको हो ।

रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । कप्तान सर्जियो रामोस र भाल्भर्डेले एक एक गोल गरे।बेन्जिमाले १७ औ मिनेटमा रियललाई अग्रता दिलाएका थिए ।

सर्जियो रामोसले २० औ मिनेटमा पेनाल्टीमार्फत रियलको अग्रता दोब्बर बनाए । बेन्जिमाले २९ औ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० ले अघि बढाएका थिए ।

दुई गोल गरेका बेन्जिमाले क्लब ईतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको छैटौ स्थानमा रहे । उनले लिजेण्ड हंगेरीका फरवार्ड फरेन्क पुस्कसलाई पछाडी छाडे ।

उनले गत बुधबार मात्र च्याम्पियन्स लिगमा दुई गोल गर्दै च्याम्पियन्स लिगमा गलातासारेलाई ६–० ले अघि बढाएका थिए ।

६१ औ मिनेटमा फेडरिको भाल्भर्डेले गोल गर्दै रियललाई ४–० ले अघि बढाएका थिए । रियलले जितपछि शीर्ष स्थानको बार्सिलोनासंग अंक बराबरी गरेको छ । दुवै टिमको २५ अंक भएको छ ।

तर गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल दोस्रो स्थानमा छ । ईबर १५ अंक सहित तालिकाको १५ औ स्थानमा रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *