अग्रता जोगाउन नसक्दा टोटेनहमको बराबरी

डिसी नेपाल
२४ कार्तिक २०७६ ८:०९

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेल्दै अंक बाडेको छ ।

शनिबार भएको खेलमा टोटेनहमले सेफिल्ड युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७८ औं मिनेटमा जर्ज बाल्डकले गोल गर्दै सेफिल्डलाई हारबाट जोगाए ।

यो हारसँगै टोटेनहमले १२ खेलबाट १४ अंक जोडेको छ । र, टोटेनहमले १२ औं स्थानमा रहेको छ । १२ खेलमा १७ अंक जोडेको सेफिल्ड भने पाँचौं स्थानमा उक्लिएको छ ।

यस्तै अर्को खेलमा एभर्टनले साउथह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै बर्नलीले वेष्ट ह्यामलाई ३–० ले पराजित गर्दा न्युकासलले बर्नेमाउथलाई २–१ ले हराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *