फेरी चम्किए लेवान्डोस्की, वायर्नसँग डर्टमण्डको लज्जास्पद हार

डिसी नेपाल
२४ कार्तिक २०७६ ९:२४

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा वायर्नले बोरुसिया डर्टमण्डलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा रोबर्टो लेवान्डोस्कीको गोलबाट वायर्नले १७ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । ४७ औं मिनेटमा सेर्गी गनाब्रेको गोलबाट वायर्नले अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा २–० को अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ७६ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई ३–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८० औं मिनेमा डर्टमण्डमा माट हुमेल्सले आत्मघाती गोल गर्दै वायर्न ४–० ले विजयी भयो । जितसँगै वायर्नले ११ खेलबाट २१ अंक जोडेको छ । र, वायर्न लिगको तेस्रो स्थानमा उक्लिएको छ । पाँचौं स्थानको डर्टमण्डको १९ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *