एएफसी यू–१९ छनोट : अन्तिम खेलमा नेपालको बराबरी
काठमाडौं । ईरानमा भएको एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले बराबरी खेलेको छ।
आइतबार साँझ तेहरानस्थित पीएएस रंगशालामा समूह चरणको अन्तिम खेलमा नेपालले कीर्गिस्तानसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो। सुरुवाती दुई खेलमा पराजित हुँदै नेपाल छनोटबाट बाहिरिसकेको थियो।
अन्तिम खेल नेपालका लागि सुखद बिदाई जस्तै थियो। अन्तिम खेलमा गोल रहित बराबरी खेल्दै नेपालले अंक बाँडेको हो। खेलको अन्तिम समयतिर पाएको केही अवसरहरु गुमाउँदा नेपालले अंक बाँड्न परेको हो।
सुरुवाती दुई खेलमा नेपाल युएई र ईरानसंग समान ४–० गोल अन्तरले पराजित भएको थियो।
नेपालले प्रतियोगितामा एक गोल गर्न समेत सकेन। समूह डीमा रहेको नेपालले एक अंक जोड्दै घर फर्कियो।
कीर्गिस्तानले ७ अंक जोड्यो। समूहको शीर्ष टिमले फाईनल चरणमा स्थान बनाउनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment