भारतीय क्लबलाई पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन

डिसी नेपाल
२४ कार्तिक २०७६ २२:३९

धनगढी । सुदूरपश्चिम–११ स्पोर्टस क्लबले भारतमा भएको अलइन्डिया काली कुमाउ कप फुटबलको उपाधि जितेको छ । आइतबार भएको फाईनलमा देहरादुन क्लबलाई ६–१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम–११ च्याम्पियन बनेको हो ।

सुदूरपश्चिमको जितमा विक्रम सिंहले ५ गोल गरे । यस्तै कमल देउवाले एक गोल गरेका थिए ।

उपाधिसँगै सुदूरपश्चिमले १ लाख भारु प्राप्त गरेको छ । उपविजेताले ५० हजार भारुमा चित्त बुझायो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *