म्यान्चेस्टर सिटीमाथि लिभरपुलको प्रभावशाली जीत, लिगमा विशाल अग्रता

डिसी नेपाल
२५ कार्तिक २०७६ १०:२२

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा फाबिन्हो, मोहमद सलाह र साडियो मानेले एक एक गोल गरेका थिए भने सिटीका लागि एक गोल बेर्नार्डो सिल्भाले गरेका थिए ।

उपाधिको दौडमा पहिलो र दोस्रो स्थानमा रहेका लिभरपुल र सिटीबीचको यो खेल पछि लिभरपुलले सिटीमाथि थप अन्तर हासिल गर्न सफल भएको छ । लिभरपुल यस सिजनको प्रिमियर लिगमा अहिलेसम्म खेलेका १२ खेलमा अपराजित रहेको छ । १२ खेलमा ११ जित र एक बराबरीसहित ३४ अंक हासिल गरेको लिभरपुलले दोस्रो स्थानमा रहेको लेस्टर सिटीभन्दा ८ अंकले अगाडी रहेको छ । सिटी भने यो हारपछि दोस्रो स्थानबाट सिधै चौथो स्थानमा झरेको छ । सिटीको १२ खेलमा २५ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *