माइतीघरमा यसरी मनाईयो थारु समुदायको समाचकेवा पर्व (फोटोफिचर)

डिसी नेपाल
२७ कार्तिक २०७६ १६:३२
4
Shares

काठमाडौं। नेपालीको दोस्रो ठूलो चाड भाइटीका सकिएसँगै यतिबेला तराईका आदिवासी थारु समुदायका दिदी–बहिनीहरुले दाजुभाईको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाइरहेका छन्।

उनीहरुसँगै तराईमा बसोबास गर्ने अन्य समुदायले पनि दिदभीभाईको पर्व समाचकेवालाई उत्साहका साथ मनाइरहेका छन्।

यस्तै बुधबार दिउँसो राजधानीको माइतीघरमा पनि यो पर्व मनाइएको छ।

 

 

सबै जातजातिहरुको आ–आफ्नो किसिमका परम्परा र संस्कृति छन्। आदिवासी थारुहरुको पनि आफ्नो अलगै किसिमको परम्परा र संस्कृति रहिआएको छ। जसमा समा चेकवा पनि एक हो।

यो पर्व कार्तिक द्धितिया तिधिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिधिसम्म मनाउने परम्परा रहिआएको छ।

समा र चकेवाको प्रतिकको रुपमा राजकुमार चक्रवाक र राजकुमारी समा तथा अन्य सदस्यहरु जस्तै मिर्दङ्गिया, झाइलबाला, नटुवा, तितिर, झाँझी, कुकुर, भमरा रञ्जित, सतभैया ईत्यादिलाई माटोले उनीहरुको आकृति बनाई डलामा राखेर घर आँगनमा गीत गाइ गाइ घुमाई खेल्ने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *